सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बिहीबार पक्राउ गरिएको शर्मालाई शुक्रबार म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने अदालतले आदेश गरेको हो।

जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार शर्मालाई पक्राउ गरेको थियो ।

शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि शर्मालाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?