स्पेनको जनसंख्या हालसम्मकै उच्च, करिब एक करोड आप्रवासी

Read Time = 2 mins

एजेन्सी । स्पेनको जनसंख्या हालसम्मकै उच्चस्तरमा पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्यांक कार्यालयले प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक जनसंख्या तथ्यांकले जुलाई १ मा स्पेनमा चार करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो ।

२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख पाँच हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्यामध्ये एक लाख ३९४ जना स्पेनबाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भन्नुभयो, ‘यो वृद्धि जन्मका कारणले भएको होइन किनभने जन्म र मृत्युबीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कोका थिए । विदेशमा बसोबास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरूको संख्या उल्लेख्य रहेको पाइएको छ । गालानले भन्नुभयो, ‘स्पेनमा भविष्यमा जनसंख्या अलिकति घट्न सक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?