ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : अध्यक्ष डा भट्टराई

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताउनुभयो । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा भट्टराईले सुझाव दिनुभयो । ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उहाँले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?