यस्तो छ तपाईंको साउन २९ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी 

आज मिति २०८० साउन २९ गते सोमबार, ई.सं. १४ अगष्ट, २०२३ । तिथि– अधिक श्रावण कृष्णपक्ष त्रयोदशी, ११:२२ बजेपछि चतुर्दशी, नक्षत्र– पुनर्वशु, १२:१३ बजेपछि तिष्य,  योग– सिद्धि, करण– वणिज, चन्द्रराशि– मिथुन, सूर्योदय ५:३४, सूर्यास्तः १८:४१ ।

मेष : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

मिथुन : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।

कर्कट : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

सिंह : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

कन्या : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

तुला : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

वृश्चिक : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन : राज्य पक्षबाट अनावश्यक झै–झमेला आइलाग्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?