हरिपूर्वा र पर्साका ७ हजार बढी बालबालिकालाई छाता वितरण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा ७ हजार २ सय बालबालिकालाई छाता र पानी बोक्ने बोतल वितरण गरिएको छ ।

बागमती सेवा समाज नेपालले बाल स्पोन्सरशीप परियोजना अन्तर्गत जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने यी दुई पालिकामा सो संख्याका विद्यार्थीलाई छाता र पानी खाने बोतल उपलब्ध गराएको हो ।

संस्थाले बाल स्पोन्सरशीप परियोजना अन्तर्गत हरिपूर्वा र पर्सामा बालबालिकाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ ।

आर्थिक अवस्था कमजोर रहेका विद्यालय जान नपाएका बालबालिकालाई जोड दिएर काम गरिरहेको बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष कार्की र वल्र्ड भिजनकी प्रतिनिधि सीता चौधरीको उपस्थितिमा बालबालिकालाई वर्षायाममा विद्यालय जाँदा ओढनका लागि छात र घरबाटै स्वच्छ पानी लैजानका लागि बोतल वितरण गरिएको हो ।

कार्कीका अनुसार यही कार्यक्रममा अहिले व्यापक रुपमा फैलिरहेको आँखा पाक्ने रोगबाट बच्ने उपायका सम्वन्धमा स्वास्थ्यकर्मीबाट अभिमुखीकरण समेत प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?