मुगुमा बोलेरो दुर्घटनाः हुम्लाका चार यात्रुको मृत्यु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । मुगुको शोरु गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारै जना हुम्लाका रहेका छन् ।

सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुने चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले बताउनुभयो । जिपमा चालकसहित ९ जना सवार थिए ।

मृत्युहुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, हुम्लाका ठेगाना स्पष्ट नभएका राम परियार र पिउस परियार भएको शोरु प्रहरी चौकीले जनाएको छ ।

चार जनामध्ये दुई जनाको घटनास्थलमै मृत्युभएको हो भने दुई जनाको उपचारको क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।

अन्य घाइतेहरूलाई मुगु सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चालकसहित अन्य घाइतेहरूको अवस्था पनि गम्भीर नै रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप उपचारका लागि मुगु जिल्ला बाहिर लानुपर्ने अवस्था रहेको शोरुकोट प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरुकोटबाट मुगु जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको कारणा बारे भने अहिलेसम्म केही खुलेको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?