नारायणबहादुर गुरुङ
चिनियाँ राष्ट्रपति सिजिन फिङले २०१३ सेप्टेम्बरमा खजकस्तानको नजरबायेभ विश्वविद्यालयमा सम्बोधन गर्नु हुँदा ऐतिहासिक रेशम मार्गको पुनर्जागर्ण गर्ने उद्देश्यले रेशम मार्ग आर्थिक बेल्ट (सिल्क रोड इकोनोमिक बेल्ट) अवधारण अघि सारेका थिए । त्यसै वर्ष अक्टोबरमा इण्डोनेसियाको संसदलाई सम्बोधन गर्दा उनले २१औं शताब्दीको समुद्री रेशम मार्गको अवधारण प्रस्तुत गरेका थिए । पछि यी दुई अवधारणलाई समेटेर अहिलेको बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) अवधारणको प्रादुर्भाव भयो । बेल्ट भन्नाले जमिनमार्ग सडक र रेल यातायातलाई जनाउँछ र यसलाई सिल्क रोड इकोनोमिक्स बेल्ट भनिन्छ भने रोड भन्नाले समुद्री मार्ग जनाउँछ र यसलाई २१औं शताब्दीको समुद्री रेशम मार्ग भानिन्छ । यो यसिया, युरोप, अफ्रिका र अमेरिकि महादेशलगायत विश्वभरिको भौतिक सम्राचनामा लगानी गर्ने उद्देश्यले चीनले अघि बढाएको महत्वकांक्षी बृहत् योजना हो ।
सलाई चीनको मार्शल प्लान पनि भनिन्छ । अहिलेसम्म नेपाल लगायत १२६ वटा देशहरू र २९ वटा अन्तर्राष्ट्रिय संघसंस्थाले यो अवधारणमा चीनसँग हस्ताक्षण गरिसकेको छ । बिआरआई मार्गमा पर्ने देशहरूमा बन्दरगाह, सडक, रेलमार्ग, विद्युत् स्टेसन, हवाई तथा टेलिकम्युनेकेसन सम्बन्धित भौतिक संरचनाको निर्माणमा धमाधम काम भइरेहेको छ ।
बिआरआईको उद्देश्य :
चिनियाँहरूको भनाइअनुसार यसको उद्देश्य निम्नानुसार रहेको छ ।
(१) बिआरआई खुला, सबैलाई समेट्ने क्षेत्रिय अवधारण हो । कसैलाई पाखा लगाउने वा कसैको विरुद्धमा चीनले अघिसारेको साँघुरो घेरा होइन । अहिलेको विश्व खुला छ । खुलापनले प्रगतिलाई अगाडि बढाउँछ भने बन्दले पछ्यौटेपन । खुलापनले अवसरहरू पहिल्याउन, अवसरलाई समात्न र अवसर सिर्जना गर्न मद्धत गर्दछ । यो मन्त्र एउटा देशले दिगो राष्ट्रिय विकासको लक्ष्य प्राप्ति गर्न मद्धत गर्छ भन्ने यथार्थमा चीनले दरोसँग विश्वास राख्दछ ।
करिब चालीस वर्षदेखिको लगतार विकासले चिनियाँहरूसँग प्रशस्त मात्रामा जगेडा पुँजी छ । त्यस्तै उत्पादन क्षमतामा जगेडा उत्पादन छ । चीन अहिले भौतिक संरचना निर्माण क्षमतामा विश्वमै अग्रस्थानमा छ । बिआरआई मार्गमा पर्ने सिंगापुर जस्तो धनी मुलुक कमै छन् ।
(२) बिआरआई देश देशबीचमा गर्न सक्ने आपसी सहयोगको एउटा साझ मञ्च हो । शान्तिपूर्ण सहयोग, सबैलाई समेट्ने, एकाआपसमा आदानप्रदान र सिक्ने, आपसीहितलाई प्रबद्र्धन गर्ने ऐतिहासिक रेशम मार्गको आधुनिक अवधारण हो । यो चीन र सम्बन्धित देशहरूबीच द्विपक्षीय वा बहुपक्षीय आधरमा गरिने बिआरआई मार्गमा पर्ने देशहरूबीच छलफल, विचारहरूको आदन प्रदान र एकाआपसबाट सिक्ने, आर्थिक प्राबिधिक सहयोग सम्बन्ध बडाउने, राजनीतिक विश्वासनीयता बढाउने, अर्थतन्त्रमा समन्वय छ । सम्बन्ध बडाउने, आपसी हित्, आपसी जिम्मेवारी तथा आपसी भाग्य निर्माण गर्ने क्षेत्रीय सहयोग मञ्च हो । यो चिनियाँ भूराजनीतिक औजार होइन ।
(३) बिआरआई गहन आपसी छलफलको आधारमा एकआपसबाट फाइदा उठाउँदै विकासलाई निरन्तरता दिने अवधारण हो । यो चीनले दिने वैदेशिक अनुदान होइन । द्विपक्षीय वा बहुपक्षीय रूपमा अघि सारिएको वास्तविक आयोजनाका आधरमा प्रसस्त नितिगत छलफल गरी एकआपसको सामरिक हित र बजार अवस्थालाई ध्यानमा राखी विकास निर्माणहरूको योजना अघि बढाउने अवधारण हो । यसको प्रमुख पात्र र सहयोगी शक्तिहरू उद्यम हुन् । उद्यमहरूले बजारको आवश्यकता र सबैपक्षको हितलाई ध्यानमा राखी योजना निर्माण गर्नमा मुख्य भूमिका खेल्दछ । सरकारको भूमिका सहजीकरण गर्ने, दिशाबोध तथा आवश्यक सेवा दिने, साझा मञ्च तयार गर्ने, नीति निर्माण गर्ने र आवश्यक संरचना तयार गर्ने हो ।
(४) बिआरआईले एकआपसमा सांस्कृतिक सम्बन्ध अघि बढाउने पुलको काम गर्दछ । बिआरआई भिन्न क्षेत्र, भिन्न सभ्यता, भिन्न संस्कृति र भिन्न धार्मिक विश्वास भएका क्षेत्रहरूबाट गुज्रन्छ । यसले भिन्न सभ्यताहरू बीच द्वन्द्व नगराई भिन्न सभ्यताबीच संवाद र एक आपसबाट सिक्न जोड दिन्छ । यसले भौतिक संरचना निर्माण गर्ने, उत्पादन क्षमता बढाउने र सामरिक विकासलाई दरो बनाउने सँगसँगै नागरिकबीच संवाद बढाउने काम गर्दछ ।
(५) यसले विभिन्न देशमा भइरहेका संरचनालाई जोड्ने एकआपसको परिपूरकको काम गर्दछ । सम्बन्धित देशहरूको राष्ट्रिय परिस्थिति के कस्तो छ त्यसले ती देशहरूमा के गर्नुपर्ने हो निर्धारण गर्दछ । तुलनात्मक क्षमता एकआपसमा परिपूरक हुन सक्छन् । जस्तै कुनै देश ऊर्जा स्रोतको धनी हुन सक्छ तर पर्याप्तमात्रमा विकास गर्न नसकेका हुन्छन् । कुनै देशमा प्रशस्त श्रमिकहरू छन् तर पर्याप्त मात्रमा रोजगारी उपलब्ध छैन । कुनै देशमा ठूलो बजार छ तर औद्यौगिक आधार कमजोर छ । कुनै देशलाई भौतिक संरचनाको ठूलो आवश्यवता छ तर लगानि गर्ने पुँजी छैन ।
बिआरआईले अपनाउने सिद्धान्तहरू :
(१) दृढतापूर्वक संयुक्त राष्ट्र संघको चार्टरमा उल्लेखित उद्देश्य र सिद्धान्त र शान्तिपूर्ण सहअस्तित्वका लागि पञ्चशीलको सिद्धान्त पालना गर्ने । एकआपसको राष्ट्रिय सार्वभौमिक अखण्डता स्वीकार्ने, एकआपसमा आक्रमण नगर्ने, एकआपसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, शान्तिपूर्ण सहअस्तित्व, समनता र आपसी हितको रक्षा गर्ने ।
(२) दृढतापूर्वक द्विपक्षीय बहुपक्षीय, अन्तर्राष्ट्रिय, क्षेत्रीय संगठनसँग पारदर्शी सहयोग गर्ने ।
(३) दृढतापूर्वक पृथक सभ्यतालाई सम्मान गर्ने, अरु देशहरूले अपनाएका विकास मार्गलाई सम्मान गर्ने, फरक धारण र समस्यालाई पन्छाउँदै आपसी हितको कुरालाई अगाडि बढाउने, शान्तिपूर्ण सहस्तित्व स्वीकार्दै सँगै जिउने ।
(४) दृढतापूर्वक बजार व्यवस्थालाई अपनाउने । बजार व्यवस्थाको नियमहरू, मान्यता प्राप्त अन्तर्राष्ट्रिय नियम कनुनको पालना गर्दै स्रोत/साधनको बाँडफाँड गर्दा बजार र विभिन्न उद्यमलाई प्रमुख भूमिका खेल्न दिने र सँगसँगै सरकारले आवश्यक भूमिका र्निाह गर्ने ।
(५) दृढतापूर्वक आपसी हितको रक्षा गर्ने र प्रतिफल बाँड्ने । सम्बन्धित सबै पक्षले आपसी हित र चिन्ताका विषयलाई ध्यान राख्दै सम्भावनाहरू र त्यसबाट उच्चतम फाइदा लिनका लागि आफ्नो बौद्धिकता, सिर्जनशील, तुलनात्मक क्षमता, सामथ्र्य र परिश्रमलाई उच्चतम प्रश्रय दिने ।
बिआरआईको लगानी स्रोतहरू :
करिब चालीस वर्षदेखिको लगतार विकासले चिनियाँसँग प्रशस्त मात्रामा जगेडा पुँजी छ । त्यस्तै उत्पादन क्षमतामा जगेडा उत्पादन छ । चीन अहिले भौतिक संरचना निर्माण क्षमतामा विश्वमै अग्रस्थानमा छ । बिआरआई मार्गमा पर्ने सिंगापुरजस्तो धनी मुलुक कमै छन् । अन्य देशहरू औसत वा औसतभन्दा कम विकसित छन् । यी सबै देशहरूमा भौतिक संरचनाको ठूलो खाँचो छ । चीनका लागि जगेडा पुँजी, जगेडा उत्पादन र सीप लगानी गर्नका लागि ठूलो अवसर भएको छ भने लगानीको अभावमा अलपत्र परेको वा बनाउन नसकेको भौतिक संरचनाका लागि लगानी भिœयाउने ठूलो अवसर भएको छ ।
यसियाली विकास बैंकको २०१७ को रिपोर्ट अनुसार चीनबाहेक यसियाका भौतिक संरचनाको निर्माण गर्न अहिलेको वृद्धिदर कायम राख्न, गरिबी उन्मुलन गर्न र वातावरणीय परिवर्तनलाई सम्बोधन गर्न सन् २०३० सम्म प्रतिवर्ष १.७१ ट्रिलियन अमेरिकी डलर लगानी गर्नुपर्ने अनुमान गरेको छ । यसो भनेको यसै बैंकले २००९ मा अनुमान गरेकोभन्दा दोब्बर हो । यो बैंकले पहिचान गरेका लगानी क्षेत्रहरू ऊर्जा, यातायात, दूरसञ्चार, खानेपानी र सरसफाइ हो । एडिबी एक्लैले यत्रो ठूलो लगानी थेग्न सक्दैन ।
बिआरआईमा लगानीको समस्या हल गर्न २०१४ नोभेम्बरमा बेइजिङमा भएको यसिया प्यासिफिक इकोनोमिक कोपरेसनको शीर्ष नेताहरूको सम्मेलनमा चिनियाँ राष्ट्रपति सिचिन फिङले रेशममार्गमा पर्ने देशहरूको भौतिक संरचनाहरू निर्माण गर्न ४० बिलियन अमेरिकी डलरको सिल्क रोड फण्ड स्थापना गर्ने घोषणा गरे । २०१५ मा चीनको अग्रसरतामा बेइजिङमा एआईआईबी बैंक (यसियन इन्फ्रास्ट्रक्चर इन्भेष्ट्मेन्ट बैंक) स्थापना भयो । नेपाल यसको एउटा संस्थापक सदस्य हो । अहिलेसम्म १०० वटा देशहरूले सदस्यता लिइसकेका छन् । २०१६ जनवरीदेखि सञ्चालनमा आएको यस बैंकले सोही वर्ष जुनदेखि पहिलो चारवटा ऋण पारित गरेको छ । अहिले यसले विश्व बैंक, एडिबी स्थानीय बैंकहरूसँग मिलेर विभिन्न देशमा लगानी गरिरहेको छ ।
बिआरआईको प्रस्तावित सञ्जालहरू :
(१) चीन पाकिस्तान आर्थिक करिडोर : चीनको सिनच्याङ उइगुर स्वशासित प्रान्तको राजधानीदेखि सुरु हुने यो करिडोर कासगर, खुनजेरब भञ्ज्याङ पार गरेर पाकिस्तानको सोस्त, गिल्गिट, पेसावर, इस्लामावाद, कराँची भएर ग्वादर बन्दरगाहलाई जोड्छ । सम्पूर्ण लम्बाइ ४ हजार ६२५ किमी छ । यस आयोजनाले पाकिस्तानको ग्वादर बन्दरगाहलाई राजमार्ग, रेल, तेल र ग्यासका पाइपहरू र अप्टिकल फाइबारले चीनको कासगर शहरलाई जोड्छ ।
(२) बंगलादेश, चीन, भारत र म्यानमार आर्थिक करिडोर ः यो करिडोर चीनको दक्षिणपश्चिम क्षेत्रबाट सुरु भई म्यानमार, भारतको उत्तरपूर्वबाट बंगलादेशलाई जोड्छ ।
(३) नयाँ एसिया युरोप महादेशीय पुलः यो महादेशीय पुलले पूर्वी चीनको च्याङ्सु प्रान्तको ल्हृयानयुन बन्दरगाहदेखि नेदरल्याण्डको रोटरड्याम बन्दरगाहलाई जोड्छ । चीनभित्र सातवटा प्रान्त हुँदै सिन्च्याङबाट कजाकस्तान र त्यहाँबाट तीन वटा हाँगामा फैलिएर युरोपका विभिन्न देशहरूमा पुग्छ ।
(४) चीन, मंगोलिया, रुस करिडोर : यो चीनको मंगोलिया स्वशासित क्षेत्रको राजधानी होहोहोतबाट सुरु भई मंगोलिया र रुसलाई जोड्छ ।
(५) चीन हिन्दचीन उपमहाद्वीप करिडोर : यो दक्षिण चीनको पर्लरिबर डेल्टा ग्वाङ्चौबाट सुरु भई सडक, रेलमार्गबाट लावोस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मलेशिया हुँदै सिंगापुरलाई जोड्छ ।
(६) चीन, मध्ययसिया, पश्चिम यसिया करिडोर : यो चीनको स्वशासित क्षेत्र सिञ्याङबाट सुरु हुँदै पर्सियाको खाडी, भूमध्य सागर हुँदै अरेबियन उपमहाद्वीपलाई जोड्छ । यो मार्गमा कजकास्तान्, किर्गिजस्तान, उज्बेक्स्तान, टक्र्मेन्स्तान, इरान र टर्की पर्दछन् ।
आलोचना र स्पस्टीकरण :
बिआरआईलाई लिएर केही आलोचकहरूले नकरात्मक टीकाटिप्पणी गरेको सुन्न पढ्न पाइन्छ । यसरी आलोचना गर्नेहरूमा अमेरिकी नेताहरू र बुद्धिजीवीहरू बढीमात्रामा देखिन्छन् । आलोचना गर्दा चीनले नव उपनिवेशवादी नीति अपनाएको र ऋणको पासोमा फसाएको बढी चर्चित छ । अमेरिकाले यी दुई कुरालाई जोड दिँदै संसारभरका देशलाई बिआरआईबाट पर राख्न तर्साउने र दबाब दिँदै आएको छ । अमेरिका, जापान र भारत यी ठूला अर्थतन्त्रहरू बिआरआईमा समावेश छैनन् । जापान समावेश नभए पनि भाग लिन लचकता देखाउँदै आएको छ । चीनले यी तीन देशहरूलाई समावेश गर्ने प्रयास भने त्यागेको छैन । जहाँसम्म ऋणको पासोमा पर्नसक्ने कुरा छ स्वयं ऋण लिने देशको जिम्मेवार तहमा बसेका व्यक्तिहरूको निर्णय र कार्यान्वयन गर्नेहरूको बुद्धिमत्ता, दुरदृष्टि, क्षमता, इमानदारी, देशभक्ति र परिश्रममा भर पर्ने कुरा हो ।
बिआरआईलाई लिएर केही आलोचकहरूले नकरात्मक टीकाटिप्पणी गरेको सुन्न पढ्न पाइन्छ । यसरी आलोचना गर्नेहरूमा अमेरिकी नेताहरू र बुद्धिजीवीहरू बढी मात्रामा देखिन्छन् । आलोचना गर्दा चीनले नव उपनिवेशवादी नीति अपनाएको र ऋणको पासोमा फसाएको बढी चर्चित छ ।
पश्चिमाहरूले प्रचार गरेको चीनको नवउपनिवेशवादी नीतिलाई बुझ्न चीनको इतिहास खोताल्नुपर्ने हुन्छ । चीनको इतिहासमा कहिल्यै पनि उपनिवेश बनाएको देखिँदैन । विगतका चिनियाँ साम्राज्यले आफ्नो सर्वोपरी स्थान राख्न र देखाउन छिमेकी र पर परका देशसँग ट्राइबुटरी सिस्टममार्फत व्यापरिक, सैनिक, कूटनीतिक सम्बन्ध कायम राख्दथ्यो । यस प्रचलन अनुसार निश्चित समयमा उपहारसहित ती देशका राजदूतहरूले चिनियाँ सम्राटको दर्शन गर्नुपर्ने हुन्थ्यो । ती देशहरूका शासकले चिनियाँ सम्राटको सर्वोपरी स्वीकार गरेर विनाहस्तक्षेप शासन चलाउँथे । नेपालले दोस्रो नेपाल भोट युद्दमा चिनियाँ सेनाद्वारा पराजित भएपछि भएको १७९२ को बेत्रावती सन्धि अनुसार प्रत्येक पाँच वर्षमा एक पटक उपहारसहित चिनियाँ सम्राटकहाँ राजदूत पठाउनुपरेको थियो ।
१४औं शताब्दीतिर तत्कालीन युरोपीयन शक्ति राष्ट्रहरू स्पेन, पोर्चुगाल, डच, ब्रिटेन र फ्राँन्सका नाविकहरूले एशिया, अफ्रिका, अमेरिका जुन जुन ठाउँ पत्ता लगाए ती ठाउँलाई आआफ्ना देशका उपनिवेश बनाए । उपरोक्त राष्ट्रहरूभन्दा अघि चीनको मिङ साम्राज्यको बेला चङ ख नामका प्रसिद्ध कमाण्डरले धनदौलतले भरिएका जहाज र सयौं नाविकहरू कमाण्ड गर्दै १४०५ देखि १४३२ सम्म दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, पश्चिम एसिया र पूर्वी अफ्रिकाको चारपटक समुद्री यात्रा गरे । उनी प्रसिद्ध समुद्रीबेत्ता, खोजकर्ता, कूटनीतिज्ञ, समुद्री बेडाका एडमिरल थिए । उनले समुद्री मार्गमा पर्ने थुप्रै देशका शासकहरू व्यापारीसँग भेटघाट गरे ।
चिनियाँ सम्राटको उपहार बाँडे र उनीहरूका तर्फबाट सम्राटलाई उपहार लिएर गए । उपनिवेश बनाउने काम गरेनन् । बेलायती लेखक गाबिन मेयिसले आफ्नो चर्चित पुस्तक १४२१ द येर चाइना डिस्कबर्ड द वल्र्ड मा बडो रोमाञ्चकपूर्र्वक वर्णन गरेका छन् । उनले कोलम्बसले भन्दा अगाडि नै चङ खले अमेरिका पत्ता लगाएका हुन् भनेका छन् । उनी बेलायती नौसेनाका अवकाश प्राप्त पनडुब्बीका लेफ्टेन्ट कमान्डर हुन् ।
अहिले अमेरिका ‘अमेरिका प्रथम’ नीति अंगीकार गरेको छ भने अन्तर्राष्ट्रिय समन्धमा राजनीतिक, सैनिक गठबन्धनलाई झन् दरिलो र विस्तार गर्दै गइरहेको छ । विभिन्न निहुँमा अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, आफूखुशी राजनीतिक, आर्थिक, व्यापरिक नाकाबन्दी लगाउने गर्ने गर्छ । यसविपरीत चीन अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नसहने, आन्तरिक र बाहृय वातावरणको स्थायित्वको वकालत गर्दै भूमण्डलीकरणको ध्वजबाहकको रूपमा प्रस्तुत हुँदै विन-विनको नारा दिँदै अघि बढेको छ ।
दोस्रो अफिम युद्धपछि लामो समयसम्म आन्तरिक विद्रोह, बाहृय आक्रमण, राजनीतिक अस्थिरता आदिका कारण चीनको अर्थतन्त्र अस्थव्यस्थ रहृयो । अहिलेको प्रगतिको एउटा कारक तत्वको रूपमा आन्तरिक र बाहृय वातावरण शान्तिपूर्ण र स्थिरता भनी बुझेको चीन स्थापित शक्ति अमेरिकालाई चुनौती दिएर खल्बल्याउन चाहँदैन । यो कुरा पटक-पटक दोहोर्याउँदै भन्दै आएको छ । हामीले यी सब यथार्तलाई मनन् गरेर हाम्रो दीर्घकालीन हितलाई बुद्धिमत्तापूर्वक अगाडि बढाउनुपर्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच