संचारकर्मी मैनालीद्वारा जन्मदिनमा गुरुकुल र आश्रममा सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

सर्लाही । संचारकर्मी प्रकाश मैनालीले आफ्नो जन्मदिनको अवसरमा गुरुकुल र आश्रममा सहयोग प्रदान गर्नुभएको छ । रेडियो एकताका स्टेशन म्यानेजर तथा हिटा र इमेज च्यानलका सर्लाही प्रतिनिधि तथा उज्यालो अभियान दैनिकका संचालक मैनालीले जन्मदिनको अवसरमा लालबन्दी नगरपालिका-७ स्थित राधाकृष्ण गुरुकुलमा बस्ने बटुकका लागि एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गर्नुभएको हाे ।

गुरुकुलमा बसेर संँस्कृत अध्ययन् गरिरहेका बटुकलाई खाद्यान्न अभाव रहेको थाहा पाएपछि जन्मदिनको अवसर पारेर मैनालीले एक महिनाका लागि पुग्ने १ सय ७५ केजी चालम र ३० केजी दाल प्रदान गर्नुभएको हो । त्यस्तै, उहाँले लालबन्दी २ स्थित पद्म-भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा दुई थान एलइडी बत्ती प्रदान गर्नुभएको छ । सोही आश्रममा उहाँले आश्रीत बुवा आमा तथा अन्यलाई फलफूल समेत वितरण गर्नुभएकाे थियाे ।

सो अवसरमा आश्रमका संरक्षक बासुदेवशरण कोइराला र संचालक भवानी कोइरालाले संचारकर्मी मैनालीलाई शुभआर्शिवाद  व्यक्त गर्नुभएकाे थियाे । रेडक्रस बयलवासको सदस्य तथा आँखा उपचार केन्द्रका उपाध्यक्ष समेत रहनुभएका संचारकर्मी मैनालीले हरिवन नगरपालिका-१ कैलाशपुरीस्थित मानव सेवाआश्रममा पनि दुई थान एलइडी बत्ती प्रदान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?