काठमाडौं । सहकारी पीडितहरुको सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत शुरु गरेका हुन् । सहकारी पीडित वचतकर्ताहरु संगठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको वचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताउनु भयो । उहाँले सरकारले सञ्चालकलाई कारबाही गरी वचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरुको माग रहेको बताउनु भयो । उहाँले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने बताउनु भयो ।
उहाँले सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाईको रुपमा अघि बढेको बताउनु भयो । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिनुभयो ।
उहाँले सहकारी पीडितहरुले सरकारसँग न्याय भन्दा बाहेक अन्य केही नखोजेको बताउनु भयो ।
सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे,हाम्रो वचत रकम फिर्ता गर,बजेट भाषणमा हाम्रो माग सम्बोधन गर सहकारी सञ्चालकलाई तत्काल कारबाही गर लगायतका नारा समेत लगाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच