छिमेकीको सुन चोरेको आरोपमा बैतडीमा एक दम्पती पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । सुन चोरेको आरोपमा बैतडीमा एक दम्पती पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई सुन चोरेको आरोपमा पक्राउ गरिएको हो ।

सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?