संयुक्त राष्ट्रसंघद्वारा कोलम्बिया हिंसाको निन्दा

Read Time = 2 mins

बोगोटा । संयुक्त राष्ट्रसंघले कोलम्बियामा नाटकीय ढंगले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र संघले जनाएको छ ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गर्नुभएको छ । बोगोटामा मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुँदै उहाँले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैह्रराज्य र सशस्त्र समूह तथा आपराधिक संगठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताउनुभयो ।

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहसँग द्विपक्षीय युद्धविरामको घोषणा गर्नुभएको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ । बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?