रास्वपाले माग्यो सात वटै प्रदेशमा कर्मचारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात वटै प्रदेशमा कर्मचारी माग गरेको छ । रास्वपाले अनुशासन आयोगका लागि कर्मचारी माग गरेको हो ।

पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागिएको रास्वपाले जनाएको छ ।

पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने रास्वपाले बताएको छ ।

‘पार्टीका सदस्य एवम् पदाधिकारीहरूलाई असल,आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लंघन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?