डेंगु नियन्त्रणको लागि युवाहरुले बिषाधी छर्कँदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा पनि डेंगु संक्रमितको संख्या बढदै जान थालेपछि सचेतनासँगै बिषाधी छिट्ने कार्य समेत सुरु गरिएको छ ।

लामखुट्टे नियन्त्रण हुन नसक्दा संक्रमितको संख्या समेत बढदै गएकाले बजार क्षेत्रमा युवाहरुको सक्रियतामा बिषाधी छिट्ने अभियान सुरु गर्न लागिएको युवाहरुको संस्था बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो । डेंगो नियन्त्रणका लागि जिल्ला तहमा प्रभावकारी अभियान हुन नसेकाले युवाहरुले पनि बिषाधी छिट्ने कार्य गर्न लागेको अध्यक्ष भुजेलको भनाई रहेको छ ।

युवाहरुको सक्रियतामा बिहिवार पानीटयाङ्की, देउराली ,गैरी बजार, हस्पिटल एरिया लगायतका ठाउँहरु बिषाधी छिट्न लागिएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लाभरि एक सय १६ जना भन्दा बढीमा डेंगो संक्रमण देखिएको छ ।

डेंगो रोग नियन्त्रणका लागि भोजपुर आएको समयमा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले बिषाधी सहित छिट्न प्रयोग हुने सामाग्री युवाहरुलाई हस्तान्तरण गर्नु भएको थियो । भोजपुर नगरपालिकाले पनि केही दिन अगाडी बजार क्षेत्रमा बिषाधी छिट्ने कार्य गराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?