भोले गणेश र इसेवाबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) मार्फत् हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवामार्फत् गर्न सकिन्छ ।

अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रमुख प्रबन्धक आशिष गौतम, भोले गणेश सेक्युरिटिजका डेपुटी प्रमुख कार्यकारी अधिकृत हरि भण्डारी र महाप्रबन्धक अञ्जीव तुलाधरले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत् करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् भने देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत् अप्रत्यक्ष रूपमा डेढ करोडभन्दा बढीले सेवा लिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?