दक्षिण एशिया जुनियर ब्याडमिन्टनमा नेपालको सुखद् शुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालका खेलाडीले ब्याडमिन्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपको मिक्स टिम विधामा दोहोरो जित निकालेका छन् ।

ब्याडमिन्टन एशियाको आयोजनामा नेपालमा पहिलोपटक भएको प्रतियोगितामा नेपाली खेलाडीले सुखद् शुरुवात गरेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लवमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले यु–१५ र यु–१७ दुवैमा जित निकाले । दक्षिण एशियाका ब्याडमिन्टनमा अल्पविकसित राष्ट्र नेपालसहित श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स, भूटान र बंगलादेशका खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गरिरहेका छन् । दुवै उमेरसमूहमा नेपालले बेस्टअफ फाइभको प्रतिष्पर्धामा माल्दिभ्समाथि ५–० को जित निकाल्यो ।

लिगको आधारमा खलाइको च्याम्पियनसिपमा यु–१५ मा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले माल्दिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले हराए । गल्र्स सिंगल्समा रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ र ब्वाइज सिंगल्समा सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८ ले हराएका थिए । गल्र्स दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र ब्वाइज डबल्समा सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।

यता, यु–१७ तर्पm कबिर केसी र रोजी राईको जोडीले पनि सफलता दिलाए । कविर र रोजीको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४ हराए । गल्र्स सिंगल्समा रोजी राईले ऐस्थालाई २१–१०, २१–८ र ब्वाइज सिगंल्समा कबिर केसीले अजहरलाई २१–७, २१–१० ले पराजित गरे । अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० ले हराए ।

ब्वाइज डबल्समा कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराउँदै मिक्स टिम विधामा माल्दिभ्समाथि ५–० को नतिजा निकाल्यो । अन्य खेलमा बंगलादेशले यु– १५ तर्फ भुटानलाई ५–० र यु–१७ मा माल्दिभ्सलाई ५–० ले पराजित ग¥यो । श्रीलङ्काले यु–१५ मा माल्दिभ्सलाई ५–० ले नै हरायो ।

च्याम्पियनसिपमा मिक्स टिम विधामा महिला र पुरुषको सिंगल्स, महिला र पुरुष डबल्स र मिक्स गरी पाँच वटा प्रतिष्पर्धा भएको हो । उक्त च्याम्पियनसिपमा शुक्रवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?