यूरोपमा डेब्यूमै सावित्राको गोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली फरवार्ड सावित्रा भण्डारीले यूरोपमा डेब्यू खेलमै गोल गर्नुभएको छ । इजरायलको हापोएल रानानाका लागि उहाँले शुक्रबार पहिलो खेल खेल्दै गोल गर्नुभएको हो । अथेना कप फुटबलको दोस्रो चरणको खेलमा हापोएल रानानाले सावित्राको गोल मद्दतमा हादेरालाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

रानानाका लागि दोस्रो गोल गोल्डेनले गर्नुभयो । साम्बाको पासमा नै गोल्डेनले गोल गर्नुभएको थियो । टोलीका लागि दोस्रो गोल भने साम्बा आफैंले गर्नुभयो । योसँगै उहाँले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रच्नुभएको छ । क्लबले अब प्रतियोगिताको अर्कोे चरणमा सोमबार खेल्नेछ । रानानाको लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु हुनेछ । लिगमा आठ टोलीबीच झण्डै सात महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

युरोपेली फुटबल क्लबबाट व्यावसायिक रूपमा फुटबल खेल्ने सावित्रा पहिलो महिला खेलाडी हुनुहुन्छ । यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिक रूपमा रही लिग खेल खेल्नुभएको थियो । गोकुलम एफसीमा लगातार उत्कृष्ट प्रदर्शन गर्नुभएपछि उहाँले युरोपेली क्लबले आबद्ध गरेको हो ।

भारतीय शीर्ष डिभिजन लिगको गत सिजनमा सावित्राले १० खेलमा २९ गोल गर्नुभएको थियो । उहाँको उत्कृष्ट प्रदर्शन मद्दतमा गोकुलम केरलाले लगातार दोस्रोपटक उपाधि जितेको थियो । सावित्राले नेपाल एपीएफ क्लबबाट घरेलु लिग खेल्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?