धादिङको बेनिघाटमा सवारी दुर्घटना हुँदा २६ जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गा.पा. ९ हुग्दि खोलामा सवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

दाङकाे तुल्सिपुरबाट काठमाण्डौं तर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नं.को बस आफै अनियन्त्रित भई सडकको दाहिने किनारा तर्फ पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरुको मलेखु राजमार्ग हस्पिटलमा उपचार भैरहेको छ । घाइतेहरूको प्र.चौ.जोगिमाराबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटि उद्वार गरिएको थियो । घाइतेहरु सबैको अवस्था सामान्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?