वसन्तपुरमा ‘तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्वीरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिबार एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरूलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्वीरहरू समावेश गरिएका छन् ।

बालबालिकाहरूमा खुशीयाली ल्याउन सो प्रदर्शनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुशीका साथ गरेका क्रियाकलाप समावेश गरिएका तस्वीरहरू थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?