पुर्कोटदहमा चक्लाबन्दीमा सुन्तला खेती

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको मदाने गाउँपालिका-६, पुर्कोटदहमा चक्लाबन्दीमा सुन्तला खेती सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत त्यहाँको कंकेदेउराली कृषक समुहले चक्लाबन्दीमा सुन्तला खेती सुरु गरेको परियोजना प्रमुख गंगाकुमारी पोख्रेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अनुसार सुन्तला खेतीको लागि चक्लाबन्दी गरिएको हो । आधुनिक प्रविधिको प्रयोग गरि चक्लाबन्दीमा सुन्तला रोपिएको छ । यहाँ १२० रोपनी जग्गामा चक्लाबन्दी गरिएको छ । बगैंचा सिचाइ गर्नको लागि ३०० मिटर उचाईमा पानी लिफ्टिङ्गको माध्यमबाट ल्याइएको उहाँले बताउनुभयो ।

चार/चार मिटरको दुरीमा सुन्तलाका बिरुवा रोपण गरिने भन्दै यस चक्लाबन्दीमा एक हजार ८३६ सुन्तलाका बिरुवा रोपण गरिने भएको छ । यहाँ खेती योग्य ६८ रोपनी जग्गा छ । यस चक्लाबन्दीबाट २४ घरधुरी लाभान्वित हुने भएका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुने जिबनस्तरमा परिवर्तन हुँदा सुन्तला खेती सुरु गरिएको त्यहाँका कृषकहरुले बताउँछन् । सुन्तलाको लागि उपयुक्त जमिन भएको हुँदा सुन्तलालाई नै मुख्य बालीको रुपमा लगाउन कृषक इच्छुक भएको परियोजना प्रमुख पोख्रेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?