साउनमा लक्ष्यभन्दा कम राजस्व

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षभन्दा पनि कम राजस्व संकलन भएको छ । गत साउनमा ९० अर्ब २१ करोड राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको साउनमा ८८ अर्ब १४ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको हो । साउनमा ९९ अर्ब ५७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा गत वर्षभन्दा २.३ प्रतिशत कम र लक्ष्यभन्दा ११.४७ प्रतिशत कम राजस्व संकलन भएको हो ।

तर, भन्सार विभाग र आन्तरिक राजस्व विभागले भने गत वर्षभन्दा केही बढी राजस्व संकलन गरेका छन् । साउनमा भन्सार विभागले गत वर्षभन्दा १.४४ प्रतिशत बढी र आन्तरिक राजस्व विभागले गत वर्षभन्दा १.६ प्रतिशत बढी संकलन गरेका हुन् । गत आर्थिक वर्ष तीन खर्ब ९१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले चालु आर्थिक वर्षमा छ खर्ब २७ अर्ब संकलन गर्नुपर्नेछ ।

साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको आन्तरिक राजस्व विभागले ४० अर्ब ५० करोडमात्रै संकलन गरेको छ । गत वर्ष साउनमा ३९ अर्ब ८६ रुपैयाँ संकलन गरेको थियो । गत वर्ष चार खर्ब ७९ अर्ब राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षमा छ खर्ब ७७ अर्ब उठाउनुपर्नेछ । गत वर्ष १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्षभन्दा ४०.७९ प्रतिशत बढी राजस्व संकलन भएमात्रै चालु आर्थिक वर्षको लक्ष्य पूरा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?