सेयर कारोबारमा साना कम्पनीका लागि छुट्टै व्यवस्था

Read Time = 3 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुने गरी एसएमइ प्लेटफर्मको व्यवस्था गर्ने भएको छ । साना कम्पनीको सेयर कारोबारमा हुने गरेको कर्नरिङ नियन्त्रण गर्न नयाँ व्यवस्था गर्न लागिएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताउनुभएको छ । त्यस्तै बोर्डले अन्य कम्पनीको कारोबारका लागि मेनबोर्डको व्यवस्थाका साथै चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीलाई अनुमति दिने भएको छ ।

त्यसैगरी गैरआवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा, धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्य विस्तार योजना, प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटलजस्ता विशिष्टीकृत लगानी कोष सञ्चालन अनुमति प्रदान गर्ने भएको छ । नवप्रवर्तनका लागि पुँजी तथा व्यावसायिक ज्ञान परिचालन गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरीवेक्षणमा ‘म्यानुअल’ लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन बुक बिल्डिङ प्रणाली प्रभावकारी बनाउने, धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहित गर्ने, पाँच अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीलाई आइपिओ अनिवार्य हुने कानुन बनाउने, व्यावसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नयाँ स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने, सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था, सेयर लगानीकर्तालाई क्षतिबाट बचाउन क्षतिपूर्ति कोष सञ्चालनलगायतका कार्यक्रम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?