नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  वसन्तबहादुर कुँवर नियुक्त हुनु भएको छ ।

शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

मन्त्रिपरिषदको बैठकले वरियता क्रममा १ नम्बरमा रहनुभएका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । दुई दिन अघि मात्र उहाँहरु पाँचै जनाले एआईजीको फुली लगाउनु भएको थियो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे कुँवरले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ । उहाँले २०८१ चैतसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्न पाउनु हुनेछ ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ। उहाँसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लाग्नुभएको छ । सिंह गत बैशाखमा आईजीपी बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?