काठमाडौंसहित अधिकाँश स्थानमा मौसम बदली रहने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्ये भूभागमा नियमितजसो वर्षा हुन थालेको छ । यद्यपि, पश्चिम नेपालका तराई क्षेत्रमा भने अझै गर्मी छ ।

काठमाडौं उपत्यकामा शुक्रबार सामान्य बदली रही साँझपख केही स्थानमा क्षणिक बर्षा हुने छ ।

शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ ।

नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।

महाशाखाका अनुसार शनिबार पनि प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?