टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

हिमालय टाइम्स
Read Time = 1 min

कठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ । भदौ ५ गतेसम्म सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स शोरुममा लागू हुने क्याम्प पेट्रोलियम गाडीसँग इभी गाडी एक्सचेन्ज गर्न पनि सकिनेछ ।

सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत् उचित मूल्यांकनसहित बिमा सुविधासमेत उपलब्ध हुनेछ । चलिरहेको बजार मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्स सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर पनि रहेको कम्पनीले जनाएको छ ।

साथै हरेक दिन लक्की ड्रमार्फत् पाँचजना भाग्यशाली ग्राहकले स्मार्टवाच पनि जित्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिनेछ । कम्पनीले योजनामा सहभागी भई गाडी खरिद गर्ने ग्राहकलाई सपरिवारसहित पाँचतारे होटलमा डिनर गर्ने व्यवस्थासमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?