‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् । एसियन पेन्टस्को सहकार्यमा उमंग क्रिएसनले आयोजना गरेको प्रतिस्पर्धामा पाँच सय जनाबाट छानिएर २२ जना अन्तिम प्रतिस्पर्धीमा छानिएका आयोजकले जनाएको हो । आयोजकका अनुसार छानिएका २२ जनामध्ये दुईजना विवाहित महिला र एकजना ‘ट्रान्स जेन्डर’समेत सहभागी छन् ।

यस प्रतियोगिताको अन्तिम छनोट भदौ २३ गते हुने उमंग क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी गराउनुभयो । २२ जना अन्तिम प्रतिस्पर्धीमध्येबाट विजेताले नोभेम्बरमा एलसाल्भाडोरमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?