क्लिनिकको शौचालयमा ढलेकी महिलाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरस्थित एक क्लिनिकमा आएर शौचालयमा अचेत भई ढलेकी महिलाको मृत्यु भएको छ । हिजो दिउँसो नवलपुरस्थित डाक्टर देवेन्द्र झाले संचालन गरेको सत्यकोल आर्युेवेदिक क्लिनिकको शौचालयमा आएर एक अपरिचित महिला बेहाेस भइ ढलेकी थिइन ।

लामो समयसम्म ढोका नखोलेपछि प्रहरीको सहयोगमा ढोका खोलेर हेर्दा मुखबाट फिँज काडेर लडिरहेकाे अबस्थामा ति महिलालाई फेला पारिएकाे थियाे । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

अन्दाजी ४५/४६ वर्षको जस्तो देखिने तराई मुलकी ती महिलाको परिचय खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?