प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले होहल्ला गरेको घटना संसदमा पहिलो पटक देखियो : सांसद पन्त

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गरेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर बिरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताउनु भयो । उहाँले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरित भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद सत्ता पक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद शुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो । यो संसदीय मान्यताअनुसार भएन । आज संसद चल्नै नदिने कुरामा यो भन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो । यो भन्दा अघि मैले यो दृश्य संसदमा देखेको छैन । यो अत्यन्त दुःखलाग्दो र खेदजनक कुरा हो । लम्पी स्किन, बाढी पहिरोको समस्या थियो, संसदमा ध्यानाकर्षण गराउन चाहन्थ्यौँ । तर सत्ता पक्षले नै बिरोध गरेको छ । राजश्वले छानबिन गरोस्, ठिक, सिआईबीले छानबिन गरोस् तर त्यसलाई असर नपर्ने गरी सुन काण्डको छानबिन गर्न उच्चस्तरीय छानबिनस समिति बनाउन राज्यलाई कसले रोकेको छ ? सुन तस्करको नायिकेसम्म पुग्न सरकारलाई कसले रोक्यो ।’

सांसद पन्तले सिआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?