तीन तहका सरकार एक अर्कोको परिपुरक : प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताउनु भएकाे छ । विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उहाँले बताउनुभयाे । प्रदेश सरकार जिम्मेवार भई काम गर्न उहाँले आग्रह गर्नुभयाे ।

कर्णालीको समस्या नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताउनुभयाे । कर्णाली एक सभ्यता भएको भन्दै कर्णाली सधैँ  आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनु भयाे ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताउदै उहाँले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताउनुभयाे । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत , मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ ।

प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कर्णाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कर्णाली समृद्धिको एक ढोका खुल्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?