सर्लाहीमा सुरु भयो राष्ट्रिय परिचय-पत्र बाँड्ने काम

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीमा लामो प्रतिक्षापछि सोमबारबाट बल्ल राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लालबन्दी नगरपालिका–६, निवासी पूर्व पत्रकार शङ्कर श्रेष्ठलाई राष्ट्रिय परिचय पत्र कार्ड हस्तान्तरण गरी जिल्लामा यसको वितरण कार्य शुभारम्भ गर्नुभएको हो । सीडीओ कार्यालयमा आएर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र प्राप्त भएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले परिचय पत्र छापिएर आएपछि आ–आफ्नो मोवाइलमा म्यासेज आउने भएकाले म्यासेज प्राप्त भएका सेवाग्राहीलाई कार्यालयमा आएर परिचय पत्र बुझ्न आग्रह गरेको छ ।

टोली खटिएर विवरण सङ्कलन गरेकाहरुको भने परिचय पत्र छापिएर आउनै बाँकी छ । जिल्लामा राष्ट्रिय परिचय पत्र लागि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवाबाट नियमित विवरण लिने काम भइरहेको छ ।

आजबाट सेवाग्राहीले सीडीओ कार्यालयमा पुगेर परिचय पत्र बुझ्न थालेका छन् । सेवाग्राहीलाई म्यासेज आएपछि कार्ड लिन आउन कार्यालयले अग्रह गरेको छ । लामो प्रतिक्षापछि कार्ड आउन सेवाग्राहीले राहत महसुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?