ढोरपाटन भलिबल च्याम्पियनसिप चैतमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुने छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिप चैत तेस्रो सातादेखि आयोजना हुनेभएको छ । छैटौं संस्करणको च्याम्पियनसिप चैत १८ देखि २५ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराउनुभयो ।

च्याम्पियनसिपमा सहभागी हुन इच्छुक टोलीले १० हजार रुपैयाँसहित चैत १५ गतेसम्म आफ्नो टोली दर्ता गरिसक्नुपर्नेछ । टोलीमा १२ खेलाडी, दुई प्रशिक्षक र एकजना व्यवस्थापक गरी १५ जना हुनुपर्नेछ ।

च्याम्पियनसिपको विजेताले दुई लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले एक लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?