बिवाइडी र एभरेष्ट बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । बिवाइडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन् । सो सम्बन्धमा बिवाइडीको नेपालस्थित अधिकृत बिक्रेता साइमेक्स इन्क प्रालि र एभरेष्ट बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै खरिदकर्ताले बैंकबाट बिवाइडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन् ।

सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बिवाइडीले जनाएको छ । जसका लागि ग्राहकले २० प्रतिशतमात्रै डाउन पेमेन्ट गर्नुपर्नेछ । एभरेष्ट बैंकले इच्छुक सवारी धनीलाई सात कार्यदिनभित्रै ऋणको व्यवस्थापन गर्नेछ भने ऋण प्रक्रिया शुल्कमा समेत छुट हुने बताइएको छ । साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाइडी उच्च गुणस्तरका वातावरणमैत्री यातायातका साधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?