साउदी सीमा सुरक्षा गार्डद्वारा सयौं आप्रवासीको हत्या : वाच

Read Time = 4 mins

लण्डन । यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विष्फोटक हतियार’ प्रहार गरेको हृयुमन राइट्स वाच (एचआर डब्लु)ले सोमबार जनाएको छ । रियादले तत्काल कुनै टिप्पणी नगरेका यी आरोपहरूले सोमाली प्रायद्वीप (हर्न अफ अफ्रिका)देखि साउदी अरेबियासम्म खतरनाक ‘पूर्वी मार्ग’मा दुव्र्यवहारको उल्लेखनीय वृद्धिलाई संकेत गर्दछ, जहाँ लाखौं इथियोपियालीहरू बस्छन् र काम गर्छन् ।

एचआरडब्लुका अनुसन्धाता नादिया हर्डम्यानले एक विज्ञप्तिमा जारी गर्दै भन्नुभएको छ, ‘साउदी अधिकारीहरूले यस दुर्गम सीमा क्षेत्रमा सयौं आप्रवासी र शरण खोज्नेहरूको हत्या गरिरहेका छन् । ‘साउदी छवि सुधार्न व्यावसायिक गल्फ, फुटबल क्लब र प्रमुख मनोरञ्जन कार्यक्रमहरू किन्न अर्बौं खर्च गर्नु यी भयानक अपराधबाट ध्यान हटाउनु हुँदैन ।’

न्यूयोर्कस्थित उक्त समूहले साउदी अरब र यमनमा इथियोपियाली आप्रवासीविरुद्ध करिब एक दशकदेखि भएको दुव्र्यवहारको अभिलेखीकरण गर्दै आएको छ तर पछिल्लो हत्या ‘व्यापक र व्यवस्थित’ देखिएको छ, यो मानवताविरुद्धको अपराध हुन सक्छ ।

सन् २०२२ को पहिलो चार महिनामा दक्षिणी साउदी अरब र उत्तरी यमनमा साउदी अरबका सुरक्षा फौजले सीमापार गोलाबारी र साना हातहतियारबाट गरेको आक्रमणमा करिब ४३० आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसंघका विज्ञहरूले गतवर्ष बताएका थिए ।

साउदी अधिकारीले एएफपीको प्रतिक्रियाको लागि अनुरोधको जवाफ दिएनन्, र एचआरडब्ल्यूको रिपोर्टले साउदी गृह र रक्षा मन्त्रालय, मानव अधिकार आयोग र उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीलाई पठाइएको पत्रको कुनै प्रतिक्रिया नभएको बताएको छ । सन् २०१५ मा साउदी अधिकारीले हुथी विद्रोहीलाई सत्ताच्युत गर्न गठबन्धन परिचालन गरेका थिए, उनीहरूले अघिल्लो वर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबाट यमनको राजधानी साना कब्जा गरेका थिए ।

युद्धले संयुक्त राष्ट्रसंघले यमनको युद्धलाई विश्वकै सबैभन्दा खराब मानवीय अवस्थाको रूपमा वर्णन गरेको छ । तर, एचआरडब्ल्यूले वर्णन गरेका धेरै दुव्र्यवहार अप्रिल २०२२ मा लागू भएको युद्धविरामको क्रममा भएको थियो र गत अक्टोबरमा आधिकारिक रूपमा युद्धविराम सम्झौता समाप्त भए पनि धेरै हदसम्म यसले यमनमा शान्तिका लागि काम गरिरहेको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?