राज्यका अंगप्रति एमालेको अविश्वास होइन, सीआईबीलाई दिएको दबाबप्रति आशंका हो : योगेश भट्टराई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राज्यका अंगप्रति एमालेले अविश्वास गरेको भ्रमप्रति खेद प्रकट गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले राज्यका अंकहरु प्रति एमालेलाई अगाध विश्वास र भरोसा भएको बताउनु भयो ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन आयोग गठन गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफूहरुले यहि माग साउन १० गते गर्दा त्यसमा सुनुवाई नभएको उहाँले बताउनु भयो ।

‘ललितानिवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ । हामीलाई झस्का पस्यो’ भट्टराईले भन्नुभयाे, ‘इलेक्ट्रिक सिगरेटमा सञ्चारमाध्यममा कुराकानीहरु आए जब उच्च पदस्थ समात्नुपर्ने भयाे गाडी माेडियाे ।'

सुन तस्करी प्रकरणमा उच्च पदस्थ व्यक्तिको संलग्नताको आशंका रहेको तर सीआईबीको छानविन अन्यत्र मोडिएको आशंकाका कारण आफूहरुले उच्च स्तरीय छानविनको माग गरेको उहाँले बताउनु भयो । सुन तस्करीलगायतको प्रकरणमा छानविन गर्ने सीआइबीको अनुसन्धानको सुई उच्च पदस्तसँग जोडिएपछि अन्तै मोडिएको एमालेलाई आशंका रहेको उहाँले बताउनु भयो ।

सांसद भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भिकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु सरकारले सरुवा गर्दा आशंका पैदा भएको बताउनु भयो ।

साथै उहाँले संसद अवरुद्धप्रति एमालेलाई गलत तरिकाले दोष लगाइएको भन्दै उहाँले आपक्ति जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?