यस्तो छ तपाईंको भदौ ७ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ ७ गते बिहीबार, ई.सं. २४ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष अष्टमी, नक्षत्र-अनुराधा, योग- ऐन्द्र, करण- भद्रा, चन्द्रराशि- वृश्चिक, सूर्योदय ५ः ३९ सूर्यास्तः १८ः३२ ।

मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

मिथुन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागि हुने समय छ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

तुला : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?