‘बुुढ्यौली’ खण्डकाव्यभित्र एकछिन् घोत्लिँदा !

बद्रीप्रसाद दाहाल
Read Time = 18 mins

यतिखेर संगठित रूपमा बुुढ्यौली वा पाकापाकी जमातका आनुुभविक उद्गारबाट अभिसिञ्चित हुँदै प्रौढ, उत्तर प्रौढ र उमेरले पाका बनेका सर्जकहरू सिर्जना संसारमा आफ्नो समुपस्थिति सघन बनाउँदै छन् । साहित्यका विविध विधामा आफ्ना कलात्मक, उपदेशात्मक, समन्वयात्मक, सहअस्तित्वबोधात्मक र मानव समाजलाई दया, माया, प्रेम, करुणा, स्नेह, ममता, वात्सल्यता, सम्मान, प्रतिष्ठा र सहयोगी भाव जगाउन सहिष्णुता, धैर्यता, संवेदनशीलताको अन्तर आसय अग्लो बनाउने ध्येयले नेपाली साहित्यको सिर्जना संसारमा जेठाजेठीहरूका कलम तीव्रतम शैलीमा अघि बढ्दै छन् ।

यही परिवेशमा २०१७ मा दिप्रुङ चुुइचुुम्बा गाउँपालिकाको खोटाङ जिल्लामा आमा रत्नकुमारी घिमिरे र पिता पदमलालको कान्छो पुत्रको रूपमा आँखा खोलेका थिए काव्यराजा कविराज घिमिरेले । आज उनैद्वारा रचना गरिएको ‘बुुढ्यौली’ खण्डकाव्यको काव्यिक उद्गारको परिचर्चा गर्ने जोखिम उठाएको छु । भूूमिका खण्ड पच्चीस र काव्यखण्ड पैँसठ्ठी पृष्ट गरी नब्बे पानामा आफ्नो मझौला कायाभित्र मङ्गलाचरणसहित दुुईसय पैँसठ्ठी श्लोक र झन्नै नौ हजार पाँच सय चालीस शब्दमा शार्दूूलविक्रीडित छन्दलाई आलम्बन बनाउँदै काव्यकल्लोहरू मुुस्कुुराएका छन् ।

कवि आफू पनि साठी पुुगेकोमा गौरव गर्दै अब असल कुराहरू लेख्ने र नयाँ पुराना ग्रन्थहरू पढी लेखनमा रमाउने सदासयता प्रकट गरेका छन् । ज्येष्ठ नागरिकमा दरिएपछि यातायातमा सुविधा, औषधिको निःशुल्क व्यवस्था, मन्दिर, अस्पताल, सबैतिर पाको भएको नाताले आफूले प्राथमिकता पाउने उच्च हौसला प्रकट गरेका छन् ।

मंगलाचरणका पाँच श्लोकमा आदिदेव, दिवाकर, प्रभाकर, अर्थात् जगत्लाई जन्माइदिने पालनपोषण गर्ने र लय गर्नसक्ने क्षमताका भास्करलाई वन्दना गरेका छन् :
तिम्रो दृष्टि पुुगेर कञ्चन हुँदा, हेमाद्रिमा छन् शिव ।
स्वर्गानन्द मिलेर कश्यप बसी दिन्छन् यहीँ आसिक ।।
तिम्रो भक्ति उपासना स्तुति सबै गर्छन् ठूला साधक ।
होस् कल्याण समग्र विश्वभरमा हे देवता भास्कर ।।२।।
अनि चार धाम तथा राम हरि सीताजस्ता आमाबाबामा प्रणाम गर्दै उहाँहरू जिउँदा ईश्वर हुन् भनी सम्मान र स्तवन भरेका छन् । कविले आफू बुुढ्यौली समुुदायलाई तागत दिने खालको काव्य सम्पन्न गर्न सकूँ भनी आशा तथा विश्वास लिएका छन् मंगलगानभित्र । कृतिकारले खण्डकाव्यलाई विभिन्न बाईस शीर्षकहरूमा बाँडेर कवितामा वैचारिक क्रमिकता, काव्यात्मक कथ्यलाई व्यवस्थित बनाएका छन् ।

जस्तै : १, खण्डकाव्यको प्रारम्भ, २, बुुढ्यौलीका लक्षणहरू, ३, बुढ्यौलीका लक्षण कम गर्ने तरिका, ४, ज्येष्ठहरू कस्तो बन्ने ? ५, कस्तो नबन्ने, ६, बुहारी र वृद्धवृद्धा कस्ता हुने, ७, धनको महिमा, ८, खेलको महत्व, ९, ज्येष्ठहरू माग्ने लहरमा, १०, सन्तान र कर्तव्य, ११, शृंगारको महत्व, १२, पुरुषको पनि शृंगार, १३, वृद्धवृद्धा प्राकृतिक र युद्धका चपेटामा, १४, सीप ज्ञान पुस्तान्तरण हुनुुपर्छ, १५, वृद्धाश्रम, १६ वृद्धवृद्धा हिंसा र मौन हिंसामा परेका छन्, १७, वृद्धवृद्धा व्यावहारिक पीडामा, १८, तालिम गोष्ठी र सीपको जरुरी, १९, आमाको महत्व, २०, वृद्धवृद्धाहरू राज्यले भार ठान्दै, २१, चाँडै बुढो बनाउने घातक रोगहरू, २२, अन्त्यमा उपसंहार गरी खण्डकाव्यलाई पूूर्णता दिएका छन् कवि कविराज घिमिरेले ।

खण्डकाव्यको प्रारम्भमा कवि आफू पनि साठी पुुगेकोमा गौरव गर्दै अब असल कुराहरू लेख्ने र नयाँ पुराना ग्रन्थहरू पढी लेखनमा रमाउने सदासयता प्रकट गरेका छन् । ज्येष्ठ नागरिकमा दरिएपछि यातायातमा सुविधा, औषधिको निःशुल्क व्यवस्था, मन्दिर, अस्पताल, सबैतिर पाको भएको नाताले आफूले प्राथमिकता पाउने उच्च हौसला प्रकट गरेका छन् । जेठाकै खटनपटनमा घरहरू चलेका छन् । शासनप्रशासन पनि उनीहरूकै नेतृत्वमा संसारभर चलिरहेको छ । नयाँ पुस्तालाई स्नेहपूर्ण तरिकाले सुन्दर सुुलह र परामर्श दिँदै कवि चेतावनी पनि दिन्छन् नवपुस्तामा निम्न काव्यहारहरूबाट :
बाबाका सपना समापन हुने वाचा गरौँ सर्वदा ।
आमाको बलिदान त्याग ममता राखौँ दिलैमा सदा ।।
सेवा चाकर गर्नुुपर्छ यिनको जल्ले दियो तागत ।
हुन् हाम्रा गुरुदेव जीवन पिता सत्धर्मका पालक ।।२३।।
छौँ सन्तान सदैव आकुल बनी पैसातिरै दौडिने ।
बाआमाकन याद खोज अथवा वास्ता नभै छोडिने ।।
त्यस्ता मूर्खहरू नजन्म अब ता मान्छन् सबैले खुनी ।
जन्मेको पनि सार राख्न नसके धिक्कार होला जुनि ।। २४।।

आमाको सहनशीलता, सन्ततिप्रतिको गहिरो वात्सल्य, तरल मन र सरल हृदयकी देवीसित तुलना गर्ने कुनै पात्रै छैन भनेर ठोकुवा गर्छन् हारजस्तै तलका चमकदार शब्दाहारमा :
पानी बन्न सकिन् र अग्नि पनि भई जल्ले खरानी बनी ।
आमाको म बयान गर्नु कसरी बग्ने नदी हुन् यिनी ।।
लेख् भन्छन् कतिले नलेखूँ कसरी ? सामथ्र्य नै देखिन ।
यो संसार बुुझेँ कतै पनि अरू आमा सरी भेटिन ।। ३२ ।।

दोस्रो शीर्षकमा बुढ्यौलीका लक्षणको चर्चा गरिएको छ भने तेस्रोमा लक्षणहरूलाई कम गर्ने तरिकाहरू बताएर कविले निदान पनि दिनुुभएको छ । लक्षण र निदानका भाव खुलाउने यी काव्य पंतिहरू :
सुुन्ने शक्ति गएर मन्द गतिका यी कान बन्दा भए ।
चिच्याइकन बोल्नुु पर्दछ सधैँ झर्को र फर्को हुने ।।
कालो केश हराउँदै दिनदिनै सम्पूर्ण सेतो भयो ।
लौरो बोक्न छ बाध्य हात अहिले चट्टान फोथ्र्यो हिजो ।। ३८ ।।
रायो बेथु लुँडे र सिस्नु सजिऊन् तोरी अझै चम्सुर ।
पालङु्गो सुप छन् अनेक थरिका खाएर सब्जी तब ।।
फर्सी इस्कुस आलु राम-झिँगनी त्यस्तै करेला अनि ।
छन् स्वादिष्ट र लाभदायक बुुझौँ दिन्छन् जवानी पनि ।। ४८।।
प्राणायाम गरेर ज्येष्ठ जनले व्यायाम गर्दा सधैँ ।
खुुम्चेका अवरुद्ध स्नायु जति छन् तन्केर खुल्छन् सबै ।।
पोल्ने झम्झम रोग हट्छ सहजै ताजापना छाउँछ ।
कट् कट् कम्मर दुख्न छोड्छ छिनमै फुुर्तीपना आउँछ ।। ५३ ।।
यी पद्यहरू पढ्दा ‘धीरो मनीषी ज्ञःप्राज्ञः संख्रयावान्पण्डितः कविः’ भनेर त्यसै अमरकोशले बोलेको हैन रहेछ ।

हास्यव्यंयका पुरोधा चट्याङ मास्टर, छन्दकाव्य हस्ती मुुकुुन्द शर्मा, कुशल समालोचक एवं प्राध्यापक देवी नेपाल, बुढ्यौली साहित्यसमाज मकवानपुरका अध्यक्ष तथा व्यंग्यकार रामचन्द्र रिजालका गहन विचार र विश्लेषणले भूूमिका खण्ड उत्तिकै उज्यालो र खण्डकाव्यको परिचर्चामा अब्बल बन्न पुुगेको छ । 

कवि ज्येष्ठहरू कस्तो बन्ने ? सन्दर्भमा भन्छन् : पाकपाकीहरूले सकेकोकाम गर्ने, उत्तरदायित्वलाई इमानदारीपूर्वक पालन गर्ने, नयाँ पुस्ताकालाई पाकाहरूको संगत अपरिहार्य रहेछ भन्ने कुरा उदाहरण वा नमुना बनेर बोध गराउने सल्लाह दिन्छन् । पाकाहरू कस्तो नबन्ने भन्ने प्रसंगमा दुव्र्यसनी, अमल्ची र घरको खाना छोडेर होटेलको भकुुर्न तम्सने बानीमा मजाको चेतावनी दिएका छन् तलका श्लोकहरूले ः
हल्लिन्छन् रनभुल्ल भै कति जना धोकेर रक्सी तल ।
बाटोमै छ लडेर स्वान जतिले दिन्छन् मुखैमा जल ।।
छिस्छिस्छिस् नर हो कि त्यो पशुु बन्यो लाचार के लेख्नुु खै?
यस्ता वृद्ध कुनै नबाँच अब ता के बाँच्दछौ भार भै ।। ६२।।
खैनी पानपराग झट्ट गुटखा साथी बनायौ तर ।
खाँदामा तन जीर्ण हुन्छ सबको होला छिटै अर्बुद ।।
खाँदैनन् घरमा गए सबजना होटेलको स्वाद भो ।
रोगैरोग थपेर बस्न नहुने प्रारम्भमै देखियो ।। ६४।।

बुुहारी र वृद्धवृद्धा कस्ता हुनपर्ने सम्बन्धमा कविको अनुुभूूतिपरक दर्शनको दृष्टिहरू यसरी पोखिएका छन् :
बोल्नूू कोमल मन्दमन्द गतिले सानो बनाई स्वर ।
सासूू या ससुुरा खुुलस्त बुझ है ज्यूूँदा ठुला ईश्वर ।।
ठान्दैनन् कहिल्यै कुुभाव मनमा बन्छन् सधैँ प्रेरक ।
राख्छन् आश भविष्यसम्म यिनले छोराबुहारीसित ।।८८।।
काँडो बन्न हुँदैन वृद्ध वयमा, रोपिन्छ आफैँतिर ।
घोच्ला चस्चस देहमा पिर गरी खेप्नै बडो मुुस्किल ।।
भन्नेछन् घरका जहान सबले राम्रै भयो खुुच्चिम ।
तिम्रो ढङ्ग पुुगेन त्यो समयमा,रुन्छौ नि ऐले किन ? ।।१०४।।
यसरी कविले यहाँ नयाँ बधूूशिक्षा र सासूूससुराशिक्षा प्रतिपादन गरेर घरसंसार हराभरा पार्न सन्देशपरक काव्य प्रवाहित गरेका छन् । धनको महत्व, खेलको आवश्यकता बुढापाकाहरूका लागि आयुवर्धक बुटी भएको कुरा पनि सिद्ध गरेका छन् कविले । ज्येष्ठहरू माग्ने लहरमा नजाऊन्, सन्तानहरू आफ्ना कर्तव्यबाट च्युत नहुन् भनेर काव्यमार्फत् छोराबुहारीका दायित्वलाई थप चम्किलो बनाएका छन् । महिलापुरुष दुुबैले शृंगार गर्नुपर्ने, सीप र ज्ञानको पुस्तान्तरण, प्राकृतिक प्रकोप र युद्धको चपेटाबाट पाकापाकीलाई बचाउ तथा संरक्षण दिनुुपर्ने कुरा राष्टको कार्यसूचीमा हुनुुपर्ने तथ्यलाई कविले वाणी दिएका छन् ।

वृद्धाश्रमको महत्व देखाउँदै समवयीहरूसित आफ्ना दुुःखसुखका विगत साट्न र घरको एकाकीपन भुल्न दिवासेवा केन्द्रमा जाँदा पाकापाकीका मन ताजा र प्रसन्न बन्ने यथार्थलाई काव्यात्मक परामर्श दिएका छन् कविराजले । राज्यले पाकापाकी जमात राष्ट्रको भार सम्झने शासकलाई काव्यमार्फत यस्तो सन्देश प्रवाह गरेका छन् :
पाकाखातिर अस्पताल कहिल्यै छुट्टै बनेनन् यहाँ ।
माग्छन् भोट सबै म गर्दछुु भनी फर्केर हेर्थे कहाँ ।।
के गथ्र्यो उपचार वृद्धजनको सित्तै जुटी राज्यले ।
देओस् ध्यान छिटै समग्र यिनको कल्याणको दृष्टिले ।। २३७।।
बाँच्दैछन् कसरी छ हाल यिनको कस्तो छ दैनन्दिनी ।
रोगीको उपचार हुन्छ अथवा तड्पेर बस्छन् कहीँ ।।
गर्दैनन् यिनमा विचार कहिल्यै बर्बादमा जो परून् ।
ठान्छन् शासक वृद्ध जे जति भए यी राज्यका भार हुन् ।। २३६।।
यसैगरी कविताको अन्त्यतिर आमाको महिमालाई यसरी पोखेका छन् घिमिरेले :
आमा हुन् पृथिवी जलासय सबै भूलोक वा स्वर्गकी ।
आमा हुन् प्रियवादिनी मनुजकी वैशिष्ट्य सत्मार्गकी ।।
आमा हुन् फलदार वृक्ष फलका आस्वाद कादम्बरी ।
आमा हुन् शिवसाथ उच्च गरिमा बोक्ने शिवा सुन्दरी ।।२२९।।
अन्त्यमा कविहृदय वृद्धवृद्धाहरूको भक्तिमा द्रवीभूत हुँदै उनीहरूको ओठमा मुस्कान, मनमा प्रसन्नता होस् भनी काव्यलाई बिट मार्दछन् ः
हाँसोले अनुहार कञ्चन बनून् बाधा हटून् पर्तिर ।
वृद्धावृद्ध सधैँ प्रफुल्ल रहँदा बन्नेछ स्वर्गै घर ।।
हिँड्दा माथ झुुकाउनूू नमन होस् यी वृद्धवृद्धाकन ।
आसिक् मिल्छ र पूूर्ण हुन्छ मनको इच्छा बुुझौँ सज्जन ।। २५६।
हास्यव्यंयका पुरोधा चट्याङ मास्टर, छन्दकाव्य हस्ती मुुकुुन्द शर्मा, कुशल समालोचक एवं प्राध्यापक देवी नेपाल, बुढ्यौली साहित्यसमाज मकवानपुरका अध्यक्ष तथा व्यंग्यकार रामचन्द्र रिजालका गहन विचार र विश्लेषणले भूूमिका खण्ड उत्तिकै उज्यालो र खण्डकाव्यको परिचर्चामा अब्बल बन्न पुुगेको छ । अन्त्यमा शारदादेवीका अनन्य उपासक काव्यराजा कविराज घिमिरेमा बधाई ! देवीस्तुति, माधुरी खण्डकाव्यपछि हालको यो तेस्रो कृति बुुढ्यौली खण्डकाव्य मानवीय संवेदना बोकेको समन्वयवादी यथार्थपरक सफल खण्डकाव्य हो । आगामी दिनमा कवि घिमिरेका अझै उच्चकोटिका कृतिहरू हामी पाठकले पढ्न पाउँनेनै छौं । अस्तुु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?