ओलीले आज बिराट दरबार अवलोकन गर्ने, भोलि सिरहा पुग्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने हुनुभएको छ ।

भोलिदेखि सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लाग्नुभएको हो ।

तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दै हुनुहुन्छ ।

आज साँझ ५ बजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरूसँग अन्तरक्रियाको कार्यक्रम गर्न लाग्नुभएका अध्यक्ष ओली शुक्रबार बिहान सिरहा पुग्नुहुनेछ । जहाँ भोलिदेखि पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।

सिराहाको धनगढीमाई नगरपालिकामा अवस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।

२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?