वागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित पदाधिकारीमा भागबण्डा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन् ।

काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका थिए । बाँकी दुई जिल्ला चितवन र नुवाकोट भने सो कार्यक्रममा उपस्थित थिएनन् ।

उक्त पत्रकार सम्मेलनमा प्रदेश संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको जानकारी दिइएको छ ।

पारस काठमाडौं जिल्लाबाट प्रदेशका प्रतिनिधि हुन् । वागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ । उक्त निर्वाचनमा यही प्यानल बलियो देखिएको छ । किनभने वागमति प्रदेश क्रिकेट संघको वर्तमान कार्यसमितिमा रहेका १३ सदस्यमध्ये सात सदस्यले यही प्यानललाई साथ दिने दाबी गरिएको छ । यो दाबीअनुरूप भएमा पारसको नेतृत्वले चार जिल्लाबाट १६ र प्रदेशबाट सात गरी मत कुल २३ मत पाउनेछन् । यो आँकडा पारस नेतृत्वलाई विजयी प्राप्त गर्न पर्याप्त हुनेछ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पनि पारसको नेतृत्वको समितिलाई स्पष्ट बहुमतका साथ जिताउने दाबी गरिएको छ । प्रदेशको नेतृत्व गर्दै पारस आगामी असोजमा हुने केन्द्रिय सचिवको दाबेदारमा जाने बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?