ज्योति बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबी वार्मर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरिएको बैंकले जनाएको छ ।

अस्पतालमा आयोजित कार्यक्रमबीच महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सोही कार्यक्रमबीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई आविष्कार केन्द्रका स्वास्थ्य इञ्जिनियरमार्फत् बेबी वार्मर सञ्चालनसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । उक्त मेसिनबाट नुवाकोटको शिवपुरी गाउँपालिका ५ सेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

बैंकले डा. महावीर पुनद्वारा प्रवद्र्धित केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत तीन वर्षमा देशका ३५ अस्पताललाई बेबी वार्मर प्रदान गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?