टर्कीको अन्टाल्यामा विदेशी पर्यटकको संख्या ८ महिनामा एक करोड नाघ्यो

Read Time = 1 min

सिन्ह्वा । टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म १ करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् ।

१ लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो । स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले शुक्रवार यसबारेमा जानकारी गराएका थिए । अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म २० प्रतिशतले बढेका छन् ।

अगस्ट १ देखि १८ सम्म करिव १८ लाख ८८ हजार विदेशी पर्यटकहरु अन्टाल्या भ्रमणमा पुगेका छन् । यो गत वर्षको यही समयावधिमा १० प्रतिशतले बढी हो । पर्यटन क्षेत्र टर्कीको मुख्य आर्थिक आयश्रोत हो ।

पर्यटनले टर्कीमा देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान दिन्छ । पर्यटनले टर्कीमा करिव १७ लाख मानिसलाई रोजगारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?