कोकका सक्षम २.० मेन्टरसिप विजेता घोषित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका-कोलाले सक्षम २.० ‘योङ उमन आन्टरप्रिनर्स एक्सेलेरेटर एण्ड मेन्टरसिप प्रोग्राम’ सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम कोका-कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन गरी ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए ।

आवेदकमध्येबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाका आधारमा आठ फाइनलिस्ट छनोट गरिएको थियो । फाइनलिस्टमा छनोट हुने वृन्दादिवान(केहिक्राफ्ट्स), मेनुका गुरुङ(डुलुवा आउट डोर्स), प्रकृति बस्याल(साउथ एण्ड साउथ इष्ट प्रोजेक्ट), राशि महर्जन (लर्नर्स रुम) रोजिना बराल (सच्र्ड), सरला महर्जन (बायो-इन्जाइम्स) शान्ति राई(ग्रिन स्पेस नेपाल) र यजु महर्जन(स्वच्छ महिनावारी) रहेका छन् ।

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्ट रहेको विचार व्यक्त गर्दै भन्नुभयो, ‘एटेलियर कार्यक्रम र कोका-कोलासँगको सहकार्यमार्फत् हामी युवा महिला उद्यमीले आफ्ना आकांक्षालाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौँ । यी उद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदैछन् ।’ काठमाडौंको मायामनोर बुटिक होटलमा आयोजित महिला उद्यमीका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजना दक्ष प्रोफेसनलको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । मेनुका गुरुङ(डुलुवा आउटडोर्स), राशि महर्जन(लर्नर्स रुम) र सरला महर्जन(सकल नेचुरो मल्टि-पर्पस क्लिनर) विजेता घोषित हुँदै प्रत्येकले एक लाखको पुरस्कार प्राप्त गरेका छन् । टप तीन विजेतालाई उनीहरूको इनिसिएटिभ अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पुर्‍याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिलनाथले भन्नुभयो, ‘योङ उमन आन्टरप्रिनर्स एक्सेलेरेटर एण्ड मेन्टरसिप प्रोग्राम महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो । महिला उद्यमीलाई सशक्तीकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासका लागि आवश्यक छ र तपाईँहरूको निरन्तर सहयोगप्रति हामी अत्यन्त आभारी छौं, जसले हामीलाई यस्ता प्रोग्रेसिभ प्रोजेक्ट सञ्चालन गर्न प्रेरणा दिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?