‘त्रियुगा ज्ञानमाला’ नामक स्थानिय पाठ्यपुस्तक वितरण शुरु

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ ।

नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई समावेश गरी एकसय पूर्णाङ्कको तयार पारेकाे पुस्तक वितरण शुरु गरिएको हाे ।

विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामको पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो ।

शिक्षाको गुणस्तर वृद्धिगरी सामुदायिक र संस्थागत विद्यालयबिच देखिएको शैक्षिक उपलब्धिको फरकलाई कम गदै लैजान तथा विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले तयार पारिएको पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनुभयाे ।

उहाँले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको पनि बताउनुभयाे ।

नगरपालिकाका प्रमुख बस्नेत, उपप्रमुख महेश्वरी राई, शिक्षा शाखा प्रमुख शिव कुमारी राउत, नगर शिक्षा समितिका सदस्य तथा वडा नं ३ अध्यक्ष तिलक कटुवाल, वडा नं ४ का वडा अध्यक्ष बद्रि बस्नेतलगायतको उपस्थितिमा त्रियुगा नगरपालिका-४ बगाहामा रहेको शिवशक्ती आधारभूत विद्यालयबाट पुस्तक वितरण शुरु गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?