कलाकारिता र सौन्दर्यले मानिसलाई आकर्षण गर्न सक्छ : कुँवर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवरले सौन्दर्य वा कलाकारिताले मानिसलाई आकर्षण गर्न सक्छ भन्ने धारणा राख्नुभएको छ । सौन्दर्यसम्बन्धी संस्था निर्जरा ब्युटी स्यालुनको १५औं वार्षिकोत्सव सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले प्रमुख अतिथिको आसनबाट उहाँले यस्तो विचार राख्नुभएको हो । कुँवरले दुई हजार सात सयभन्दा बढीलाई सीप सिकाउनुभएकी नूरा कुँवर संस्थापक रहेको उक्त संस्था र संस्थापक नूराको प्रशंसा गर्दै आत्मनिर्भरताका लागि नारीहरूले आफ्नो सीप अरूलाई सिकाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

निर्जरा कुँवरले सभापतित्व गर्नुभएको कार्यक्रममा निर्जरा ब्युटी स्यालोनकी संस्थापक सञ्चालक नूरा कुँवर कार्यक्रममा रहनुभएको थियो । शोभा त्रिपाठीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राजन कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

होटल सोल्टीमा आयोजित कार्यक्रममा मिस मंगोल र मिस नेवाको उपाधि पाइसक्नुभएकी प्रदीका महर्जनले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि शेरबहादुर कुँवरले यस्तो सौन्दर्य व्यवसाय भनेको कला हो भन्नुहुँदै यसबाट सेवाग्राहीहरू खुशी पार्न सक्नुपर्ने धारणा राख्नुभयो । शारीरिक सुन्दरताका साथै मष्तिष्कको सुन्दरतासमेत आवश्यक पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नूरा कुँवरबाट प्रशिक्षण पाएका नेपालका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गरेर बसेका महिलाहरूको ठूलो संख्यामा उपस्थिति थियो । निर्जरा ब्युटी स्यालुनकी सञ्चालिका नूराले परिश्रमबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण आपूmले यति धेरै महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाएकोबाट प्रमाणित हुने कुरा बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?