‘दुई कदम’को पोष्टर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘दुई कदम’को पोष्टर सार्वजनिक गरिएको छ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सोमबार सार्वजनिक चलचित्रका तीन पोष्टरमा प्रदर्शन मिति मंसिर २९ उल्लेख गरिएको छ । चलचित्रको सार्वजनिक एक पोष्टरमा डेव्यु अभिनेता इओन लिम्बू र डेव्यु अभिनेत्री सिमोना गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

अर्को पोष्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेव्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिनुभएको छ । तेस्रो पोष्टरमा इओन र गौरवका साथमा चलचित्रका अन्य मुख्य कलाकारलाई स्थान दिइएको छ ।

चलचित्रमा गौरव, इओन र सिमोनाका अलवा सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रितिका शर्मालगायतको अभिनय छ । चलचित्रको एक गीतमा अभिनेता विल्सनविक्रम राईको पनि विशेष भूमिका छ ।

मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किरातीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीन ढकालको सम्पादन चलचित्रमा छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?