शाओमी प्याड ६ र स्मार्ट पेन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ ल्याएको छ । चार सय ९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको प्याड ६ एकदमै हलुका र उपयोगी रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार आइपी ५३ रेटेड भएकाले कुनै पनि समस्याबिना केही मात्रामा पानी र धुलो पनि हृयाण्डल गर्न सक्छ । इमेल र कलका लागि प्रयोग गर्न सकिने ट्याब्लेटको खोजीमा रहेका ग्राहकका लागि यो निकै उपयोगी हुन सक्छ । प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसन पनि ल्याएको छ । सो अवसरमा कम्पनीका नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘शाओमी प्याड ६ बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमतासाथ हामी विश्वस्त छौँ कि शाओमी प्याड ६ सबैको मन पर्ने नयाँ ग्याजेट हुनेछ ।’

भदौ १५ गतेदेखि बजारमा उपलब्ध हुने ट्याब्लेट ११ भदौदेखि १४ भदौसम्म दराजमा प्रि-बुकिङका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । छ प्लस १२८ जिबी र आठ प्लस २५६ जिबी भेरियन्टमा उपलब्ध प्याडको मूल्य क्रमशः ३९ हजार नौ सय ९९ र ४३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने शाओमी प्याड ६ किबोर्डको मूल्य आठ हजार चार सय ९९ सय, स्मार्ट पेन सेकेण्ड जेनेरेसनको मूल्य नौ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?