समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा, अध्यक्षमा सुदर्शन बराल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सदस्यहरुको नाम घोषणा गरिएको हो ।

मोर्चामा आवद्ध दलका ३÷३ जना नेताहरु सदस्य रहने गरि समन्वय कमिटी गठन गरिए हो । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रुपमा चयन भएका छन्।

यसैगरी एकीकृत समाजवादीको तर्फबाट पोलिटव्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणी चौधरी रहेका छन् भने जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहनु भएको छ ।

यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा आवद्ध भएका छन् । समाजवादी मोर्चा नेपाल लुम्बिनीको सन्देश सभा बुटवलमा सुरू भएको छ ।

सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , नेकपाका महासचिव विप्लव सी, जसपाका नेता राजकिशोर यादव सहभागी हुनुभएको छ । सन्देशसभाको मार्चाका शीर्ष नेताहरुले संयुक्तरुपमा उदघाटन गर्नु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?