एमसिसी परियोजना आजदेखि कार्यान्वयनमा आउँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) आजदेखि कार्यान्वयनमा आउँदै छ । पाँच वर्षभित्रमा सम्पन्न हुने सम्झौताअनुसार एमसिसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो ।

एमसिसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थप गरेको छ ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् । त्यस्तै कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि हुनेछ ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ ।

एमसिसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर थपिएको छ ।

एमसिसी कार्यान्वयनका लागि नेपालले सन् २०१७ मा नै सम्झौता गरेको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएको टोलीले परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २७ फेब्रुअरी २०२२ मा संसद्बाट अनुमोदन गरिएको थियो ।

संसद्बाट अनुमोदन गर्ने विषयमा राजनीतिक दल र सांसदहरूबीच विवाद भएको थियो । लामो विवाद र रस्साकस्सीका बीचमा एमसिसी संसद्बाट अनुमोदन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?