रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की

Read Time = 2 mins

मस्को । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउनु हुने भएको छ । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उहाँको मस्को भ्रमण घोषणा भएको हो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित पमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा आउनुहुने बताइएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताउनुभएको छ ।

राष्ट्रपति एर्दोगानले मस्को र किएभसँगको आफ्नो राम्रो सम्बन्धलाई सदुपयोग गर्दै दुवै पक्षलाई औपचारिक शान्ति वार्तामा ल्याउने प्रयास गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य टर्कीले गत वर्ष द्वन्द्व सुरु भएपछि रुस, युक्रेन र राष्ट्रसंघ सम्मिलित युक्रेनी बन्दरगाहहरूबाट अन्न ढुवानी गर्नेसम्बन्धी सम्झौता गराउन अहम् भूमिका निर्वाह गरेको थियो । केही समयअघि रुसले एकपक्षीय रूपमा उक्त सम्झौताको म्याद स्वतः समाप्त भएको घोषणा गरेको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?