हरेक शनिबार महिला उद्यमी मेला हुने

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्ट(एनवाइइएफ)को सहकार्यमा हरेक शनिबार ‘मेरो देश, मेरो उत्पादन सटर डे मार्केट’ आयोजना हुने भएको छ । यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशीलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ भदौ १६ गतेदेखि कार्यक्रम सुरु हुने उद्योग संगठन मोरङले जनाएको छ ।

युवा तथा महिलामा निहित सीप प्रयोग गरी स-साना परिमाणमा घरमै बसेर उत्पादन गरेको वस्तुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादन बजार अभाव र पहिचानको अवसरबाट वञ्चित भई लोप भइरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने अभिप्रायले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत संगठनको प्रांगणमा १७ देखि २१ सम्म स्टल रहनेछन् भने प्रतिस्टल तीन सय रुपैयाँ शुल्क तोकिएको छ । बजारमा घरायसी प्रयोजनका सामग्री, ताजा तरकारी तथा फलफूल, मह, अचार, हस्तकला, दैनिक उपभोग्य वस्तु, पहाडी जिल्लाका अर्गानिक उत्पादन, गार्मेन्ट तथा शृंगार सामग्रीलगायत रहने मञ्चकी संयोजक प्रतिभा रिजाल ओलीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?