एकल महिलालाई ‘बगान’ निःशुल्क

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । यही असार २९ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्र एकल महिलालाई निःशुल्क देखाउने निर्देशक सरोज खनालले जानकारी दिनुभयो । बुधबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक खनालले चलचित्रको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क सिनेमा देखाउने निर्णय गरिएको बताउनुभयो ।

चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको अभिनय छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ । यो सरोज खनालको डेब्यु निर्देशन चलचित्र हो ।

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्मातामा विनोद मानन्धर हुनुहुन्छ ।
चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन छ । व्याकराउण्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?