राम्रो काम गर्दागर्दै कसले हटाउँछ ? हेरौंला : प्रचण्ड

नन्दराम जैशी
Read Time = 3 mins

सुर्खेत । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेका कारण सरकारबाट आफूलाई कसैले हटाउन नसक्ने दावी गर्नुभएको छ ।
प्रदेशको सुर्खेतमा सम्पन्न समाजवादी मोर्चा नेपालको सन्देश सभामा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको छ ।

‘राम्रो काम गर्दागर्दै मलाई सरकारबाट कसले हटाउँछ ? हेरौंला’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीमा रहनै पर्छ भन्नेत छैन । तर राम्रो काम गर्दागर्दै थप काम गर्ने वातावरण दिनपर्छ ।’

गलत तत्वहरु सरकारलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै यसले कुनै असर नगर्ने उहाँको दावी छ । ‘मैले सरकारको नेतृत्व गरेको आठ महिना भयो । यो अवधिमा धेरै काम भएका छन् । हेर्दैजानुहोस् झन् धेरै राम्रो काम हुनेछ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसमा सत्ता गठबन्धनको पूर्ण साथ छ । तर एमाले यो देखेर आत्तिएको छ । अब मेरो बाँकी जीवन राष्ट्र र जनताको लागि बिताउनेछु ।’

सत्ता गठबन्धन र सरकारले चलाएको भ्रष्टचार विरुद्धको अभियान नरोकिने उहाँले बताउनु भयो । ‘विभिन्न भ्रष्टाचार प्रकरणमा अनुसन्धानको शिलशिलामा दोषि ठहरिए मलाई पनि समात्न प्रहरीलाई भनेको छु’ उहाँले थप्नुभयोे, ‘दोषि कोही छुट्ने छैनन् । निर्दाेष कोही फस्ने छैनन् । सत्ता गठबन्धन, सरकार र समाजबादी मोर्चा यसमा कटिबद्ध छ ।’

जो समाजबादको पक्षमा उभिन्छ उसैलाई जनताले पत्याउने समय आएको भन्दै प्रधानमन्त्री प्रचण्डले मोर्चा प्रारम्भ र सुरुवात मात्रै भएको बताउनु यभो । ‘हेर्दैजानुहोस् मोर्चा कहाँ पुग्छ । हामी क्रमश अघि बढ्छौं । सामाजिक न्याय र सुशासनको निम्ति मोर्चा निरन्तर लड्नेछ’ उहाँले भन्नुभयो, ‘सरकारलाई धारे हात लगाउनेहरुले जनताको हित चाहेका छैनन् । तिनिहरुलाई देश हात पार्दा संकटमा पार्ने पक्का छ ।’
साथै जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा ल्याउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गर्नुभयो । मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न एकीकृत समाजबादीका अध्यक्ष नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लप) लगायत नेताहरुको सहभागिता रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?